Logo

नेकपा मिलाउन रसुवाबाट छिरेका तीन चिनियाँ के गर्दैछन्



काठमाडौं, २५ पौष । नेपाल कम्युनिस्ट पार्टीको विवाद मिलाउन खुल्ला र गोप्य दुवै रुपमा चिनियाँहरुको सक्रियता चलिरहेको छ । दुई हप्ताअघि तीन चिनियाँ रसुवाबाट छिरेका थिए । उनीहरु विना कुटनीतिक पासपोर्ट टुरिष्ट भीसामा छिरेका हुन् ।

टोलीमा जेकुन लाई, डोङमे हुआङ र योङलिङ चोङ छन् । उनीहरुले गोप्य रुपमा नेपालका राजनीतिक दलका नेतासँग भेटेका छन् । यो भेटको क्रम चलिनै रहेको छ । तीनैजना नेकपा र यहाँका अन्य राजनीतिक दलसँग सम्पर्क स्थापित गरेकाहरु हुन् । वर्षौं देखि गोप्य रुपमा पछाडिबाट काम गर्दै आएका थिए । उनीहरुले नेकपालगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग सम्पर्क स्थापित गरी राजनीतिक प्रभाव बनाउँदै आएका थिए ।

अहिले चिनियाँ राजदूत होउ यान्छीको पनि सक्रियता बढ्दो छ । उनी नेकपा नेताहरुसँग नियमित भेटवार्ता गरिरहेकी छिन् । यान्छीले बुधबार गृहमन्त्री रामबहादुर थापा बादल र बिहिबार नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेटेकी छिन् । दुवै भेट नेकपा मिलाउने विषयमा केन्द्रित भएको बुझिएको छ ।

बादल ओली समूहमा छन् भने गौतम तटस्थ छन् । गौतमसँग चिनियाँ पक्षको मन मिलेको देखिन्छ । गौतम पनि नेकपा मिलाउन एकता अभियान चलाउँदैछन् । उनको त्यो अभियानमा चिनियाँ पक्षले पनि साथ दिने प्रतिवद्धता जनाएको बुझिएको छ ।

यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग उपप्रमुख गुओ यचौले यहाँको वस्तुस्थिति बुझेर गएपछि चीनले आफ्नो थप तयारी गरेको छ । अब चीनले बेइजिङबाट समेत दबाब सृजना गर्न थालेको देखिदैछ । यसअघि यचौको टोली चाटर्ड विमानबाट आएर फर्किएको थियो । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको एउटा पक्षका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, पूर्व सभामुख कृष्णबहादुर महरालगायतलाई भेटेको थियो । चिनियाँ दूतावासमा जर्नादन शर्मा र डा. राजन भट्टराईलाई डाकेर एकताको सूत्रबारे छलफल गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्