Logo

चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला



काठमाडौं, २४ पुस । चन्द्रागिरी हिल्सले आईपीओ सर्वसाधारणको लागि आजदेखि बिक्रि खुला गरेको छ । १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ शुक्रबार कम्पनीले निष्काशन गरेको हो ।

यसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारी, ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि र बाकी भएको १३ लाख ९६ हजार कित्ता सर्वसाधारणको लागि छुट्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आवेदकले सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । उक्त आईपीओ बाँडफाँट पनि कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड ४० लाख ९०१ पुग्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्