Logo

सिंगटी हाइड्रोले माघ ४ गतेबाट स्थानीय बासिन्दाका लागि आइपीओ निष्कासन गर्ने



काठमाडौं, २४ पुस । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानियहरुको लागि प्राथमिक शेयर माघ ४ गतेबाट निष्काशन गर्ने भएको छ । कम्पनीले दोलखाका आयोजना प्रभावित क्षेत्रहरु कालिन्चोक र बिगु गाउँपालिकाका स्थानिय बासिन्दाहरुको लागि १४ करोड ५० लाख रुपैयाँ बराबारको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्रि गर्न लागेको जनाएको छ ।

नेपाल धितोपत्रबाट पुस २१ गते कम्पनीले अनुमति पाएको थियो । स्थानियहरुले माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा यदि शेयर बिक्रि नभएमा फागुन ३ गतेसम्म आवेदन खुलाउने व्यवस्था कम्पनीले गरेको छ ।

कम्पनीले शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा मेगा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आवेदन दिन इच्छुक बासिन्दाले न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्म पाउछन् । कम्पनीले निष्काशन गर्न लागेको शेयर क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्छ ।



प्रतिक्रिया दिनुहोस्