Logo

मुक्तिनाथ विकास र आशा लघुवित्तको सभा भोली हुने



काठमाडौं, २४ पुस । भोली शनिबार मुक्तिनाथ विकास बैंक र आशा लघुवित्तको साधारण सभा हुने भएको छ । आशा लघुवित्तले सभा फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेष्टुरेण्ट ककनी नुवाकोटमा गर्ने भएको छ । उक्त सभाले १५ प्रतिशत बोनस शेयर ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । पुस ११ गते सम्म कायम भएका शेयरधनहिरुले लाभांह पाउने वित्तले जनाएको छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकले पोखराको होटल पार्दीमा सभाको आयोजना गरेको छ । ११.२५ प्रतिशत बोनस शेयर र ४.२५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रताव सभाले पारित गर्ने जनाएको छ । उक्त लाभांश पुस १२ गतेसम्म कायम भएका शेयरधनीहरुले पाउनले बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्