Logo

पुर्व सुचना गराएर मात्रै अनलाइन बैकिङको शुल्क लिन पाउने



काठमाडौं, २४ पुस । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकलाई पुर्व सुचना गराएर मात्रै विद्युतिय बैकिङको शुल्क लिन निर्देशन दिएको छ ।

केन्द्रिय बैंकले भुक्तानी प्रणाली सम्बन्धि निर्देशन संशोधन गरी ग्राहकको अनुमति लिएर पुर्व सुचना गराएर मात्रै अनलाइन बैंकिङ सेवा वापत शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

भर्खरै मात्र बैंकले इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतिय बैंकिङ सेवा वापत शुल्क लिने नयाँ व्यवस्था गरेको हो ।



प्रतिक्रिया दिनुहोस्