Logo

ओलीको प्रचण्डमाथि कटाक्षः छोरीबुहारीवाला पार्टी होइन



काठमाडौं, २५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि परिवारवादको आरोप लगाएका छन् । धनगढीमा नेकपाको आफ्नो समूहको सभामा बोल्दै ओलीले प्रचण्ड छोरीबुहारी र आफन्तलाई पद र शक्तिमा लान केन्द्रित भएको आरोप लगाएका हुन् ।

‘जसलाई छोरीहरु र बुहारीहरुको मतलब छ, जनताको मतलब छैन,’ ओलीले प्रचण्डप्रति संकेत गर्दै भने, ‘ध्यान कता छः छोरी बुहारी, भाई भतिजा, आफन्त, भाञ्जो, साली, नाति ।’ उनले आफ्नो पार्टी सम्धीवाला, छोरीबुहारीवाला र भाइभतिजावाला पार्टी नभएको दाबी गरे ।

प्रचण्डले छोरी रेणु दाहाललाई मेयर र बुहारी विना मगरलाई मन्त्री बनाएको घटनातर्फ ओलीले पटक पटक संकेत गरे । उनले माधव नेपालले पनि आफन्तलाई पदमा पुर्याएको संकेत गरे ।

प्रचण्ड र माधव नेपालको पटक पटक आलोचना गरेका ओलीले जनता र कार्यकर्ताको हितमा काम नगरेको आरोप लगाए । उनले भने, ‘एक दर्जनभन्दा बढी तर मारेका छन् । क-कस्का आफन्त कहाँ कहाँ छन् प्रष्ट छ ।’ आफूले कहिले पनि परिवार, आफन्तका लागि राजनीति नगरेको बताए । उनले भने, मेरो कोही आफन्त कहीं टपक्कै टिपेर एकजना राखेको देखाइदेओस् ।

ओलीले प्रचण्ड र माधव नेपाललाई १० सिट जितेर देखाउन चुनौती दिए । उनले भने, ‘देशभर १० सिट जितेर देखाउन् ।’ ओली र प्रचण्डलाई भगौडाको संज्ञा दिए । उनले भने, भागेर जाने अनि हामी यहाँ छौं भनेको छ ।

 



प्रतिक्रिया दिनुहोस्