Logo

ओलीले अपराध गरे : रामचन्द्र पौडेल



पुष २४, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनः स्थापना हुने दावी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको विवादलाई कारण बनाएर संसद विघटन गर्नु असवैधानिक भएको पौडेलको भनाई छ ।

कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै ओलीले संविधान लोकतन्त्रको मर्मविपरित कदम चालेर मुलुकलाई नै अप्ठ्यारोमा पारेको पौडेलले बताए । घेराबन्दीमा परे राजीनामा दिनुपर्ने तर संसद विघटन गर्न नपाइने उनको भनाई छ । जनताको अपमान गरेको भन्दै पौडेलले ओलीलाई अपराध गरेको आरोपसमेत लगाए ।

क्रियाशिल सदस्यताको टुङ्गो लगाएर जतिसक्दो चाँडो नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने पौडेलको भनाई छ । पार्टीको आन्तरिक समायोजनको काम पनि बाँकी रहेकाले पार्टी एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस्