काठमाडौँ, २५ पुस । विश्व हिन्दू युवा संघले गाँजालाई बैधानिक रुपमा खुल्ला गर्नुपर्ने माग गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर विश्व हिन्दू युवा संघले गाँजा जडिबुटी भएकाले वैधानिक रुपमा खुल्ला गर्नुपर्ने माग राखेको हो ।
कार्यक्रममा विश्व हिन्दू युवा संघले नेपालका सम्पूर्ण जातजातीका मौलिक धर्म रितिरिवाज, संस्कृति, भेषभुषा, लिपी लगायतको संरक्षण र विकास गर्नुपर्नेमा जोड दिएको थियो । नेपालमा रहेको बहुमूल्य जडिबुटी रुख विरुवा र व्यवसायिक खेती गरेर विश्व बजारमा पु¥याउनुपर्ने संघले माग राखेको छ ।
कार्यक्रममा विश्व हिन्दू युवा संघका संयोजक ऋषि केश जंग शाहले विभिन्न षड्यन्त्रद्वारा नेपालको बहुमुल्य बनस्पती गाँजामाथि लगाईएको प्रतिबन्धलाई हटाउन आगामी पौष २७ गते राष्ट्रिय दिवसको अवसरमा मैलिक पोशाक र गाजाबाजासहित माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने बताए । उनले भने,‘देशभर गाँजाको महत्व र यसबाट हुने विभिन्न उत्पादनका बारेमा जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिने छ ।’
कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य गेली शेर्पा, रमेश कुँवर र बाल क्लबका अध्यक्ष मनोज थापाले संयुक्त रुपमा नेपालमा गाँजामाथि लगाइएको प्रतिबन्ध हटाउन र बैधानिकता दिनुपर्नेमा जोड दिएका थिए । संघका केन्द्रीय सदस्य शेर्पाले भने,‘ नेपाललाई गााँजामाथिको प्रतिबन्ध हटाउनु पर्छ । नेपालका आधा भन्दा बढी जनसंख्या गाँजालाई बैधानिकता दिँदा समृद्व हुनेछ ।’ अगामी पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने समेत उनीहरुको भनाई थियो ।
विश्व हिन्दू युवा संघको मंसिर १७, १८ र १९ गते बसेको केन्द्रिय समितिले गरेका निर्णयहरु यस प्रकार छन् :
१) धार्मिक तथा शैक्षिकः
कालापानी लिपुलेखमा सम्पूर्ण ज्ञानको श्रोत वेद र त्यसलाई लिपिवद्व गर्ने वेद व्यास धान निर्माणको लागी पहल कदमी लिने । विश्वको सबै धर्मकको निसानीसहित सम्पूर्ण धार्मिक एकताको प्रतिकका रुपमा स्थानलाई विकास गर्ने ।
तराईमा मिथिला सभ्यताको संरक्षणको लागि राजाजनक मिथिला सभ्यता विश्व विद्यालय स्थापनाको पहल गरिने ।
गोरक्षनाथ मन्दिर मृगस्थलीकमा ६४ कला युक्त गुरुकुल स्थापना गर्ने ।
नेपालमा रहेको सम्पूर्ण ऐतिहासिक, धर्म, मठमन्दिर, मस्जीट, गुम्बाहरुको संरक्षण सम्र्वधनको पहल गर्ने ।
देशभर रहेका गुठीहरु बचाउन र जुन उद्देश्यका लागी गुठीहरु स्थापना गरेका थिए त्यही प्रयोजनका लागी गुठीको आम्दनीलाई परिचालन गर्ने वातावरण बनाउने ।
२) आर्थिक निती सम्बन्धमा :
देशको सबै क्षेत्र, विदेश र विश्व मानवलाई परिवारको रुपमा स्थाति गर्नेगरि आवश्यक विधान निर्माण गरिने ।
देशभित्र र बाहिर समेत संगठन निर्माणका लागी संगठनका सबै तहका साथीहरुलाई आवश्यक अनुसार समन्वय गरि निर्णय गर्नका लागि संगठनका अध्यक्ष ऋषिकेश जंग शाहलाई जिम्मा दिने ।
मात्रृ संस्था विश्व हिन्दू महासंघ स्थापनाका परिकल्पनाकार योगी नरहरिनाथको सोथ अनुसार संगठनलाई विश्वव्यापी विस्तार गर्ने ।
३) राजनितीः
‘वसुदैव कुटुम्वकम’ भाव अनुरुप देशको शासन संचालन गर्दै विश्व शासन व्यवस्था संचालनको वकालत गर्ने र ‘सबै भवन्तु सुखिन सर्वै सन्तु निरामय’ को भाव विश्वभरि प्रचार गर्दै शिव गोरक्षको महत्व संसारलाई बुझाउँदै, नेपाललाई विश्व गुरु राष्ट्रको रुपमा परिचित गराउने ।
नेपालको पहिचान ‘अतिथि देवो भव’ लाई सम्पूर्ण नेपाली माँझ बसझाई विश्वभरि फैलाउने र यसको भाव बुझाउने
विश्व मानव जगतलाई एकै परिवारको रुपमा स्थापित गराई योगको महत्व बुझाउने ।
देशमा जातिय, क्षेत्रीय र धार्मिक सदभावको वातावरण विकास गरि राष्ट्रिय एकता कायम गर्दै नेपाललाई बैदिक सनातन हिन्दू राष्ट्रको रुपमा पुनः स्थापना गर्ने विषयलाई प्राथमिकता दिने ।