Logo

वामदेव गौतमद्वारा ‘नेकपा एकता अभियान’ को घोषणा



काठमाडौं, २५ पौष । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले एकता अभियानको घोषणा गरेका छन् । उनले आज प्रेस विज्ञप्तिमार्फत् नेकपाको कुनैपनि समूहको नलागेको स्पष्ट पार्दै आफू संयोजक बनेर एकता अभियानको घोषणा गरेका हुन् ।

‘नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुवै समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोज कबनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक अपिल गर्दै तपाईहरुको अगाडि खडा भएको छु,’ गौतमले विज्ञप्तिमार्फत् भनेका छन् । उनले पार्टी एकता जोगाउन वा पुनः एकीकरण गर्ने उद्देश्यले अभियान चलाएको तर्क गरेका छन् ।

नेकपालाई यसरी पुनः एकीकरण गर्न सकिनेछ

पुनः एकीकरणको अभियानमा सामेल नहुने नेताहरुलाई जनताले माफी नदिने समेत गौतमले बताएका छन् । उनले एकता अभियानमा संगठित हुन र एकता अभियानको नाम संगठन खडा गर्न अपिल समेत गरेका छन् । कसैलाई पनि अपमान नगर्ने शैली अपनाउन उनले आग्रह समेत गरेका छन् । गौतमले भनेका छन्, ‘हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ ।’



प्रतिक्रिया दिनुहोस्