Logo

साताको पहिलो दिन सुनको मुल्य आज २३ सयले घट्यो



काठमाडौं, २६ पुस । नेपाली बजारमा सुनको मुल्य निरन्तर घटिरहेको छ । शुक्रबार सुनको मुल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार २३ सयले घटेको हो ।

छापावाल सुनको मुल्य आज ९३ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनकोे मुल्य ९२ हजार ५ सयमा खरिद बिक्रि भइरहेको छ । यसैगरी चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्