Logo

नेपाल बंगलादेश बैंकको साधारण सभा आज, ६ प्रतिशत बोनस प्रस्ताव गर्ने



नेपाल बंगलादेश बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा भएको छ । बैंकको २६ औं वार्षिक साधारण सभा रजिष्टर्ड कार्यालय, कमलादीमा बिहान ११ः३० बजेबाट भर्चुअल माध्यमबाट सुरु हुने जनाइएको छ ।

आजको सभाले आव ०७६/०७७ को नाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । प्रस्ताव पारित भएपछि कुल ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।

सभाले संचालक समितिका अध्यक्षद्धारा प्रस्तुत गरेको प्रतिवेदनबारे छलफल र पारित गर्ने, आव ०७६/०७७ को लेखा परिक्षण प्रतिवेदन, वासलत, नाफा नोक्सान हिसाब र ०७८ आवको लागि लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने इत्यादी एजेन्डाहरु छलफलपछि पारित गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्