Logo

सानिमा माई हाइड्रोपावरका ४ सञ्चालक निर्वाचित



काठमाडौं, २६ पुस । सानिमा माई हाइड्रोपावर कम्पनीमा चार जना सञ्चालक निर्वाचित छन् । पुस २३ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट ४ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित भएका नयाँ संचालकहरुमा टेकराज निरौला, तुक प्रसाद पौडेल, खेमराज लामिछाने र सिमरन कुमारी भिमसरीया रहेका छन् । उक्त सभाबाट शेयरधनीतर्फ पनि प्रतिनिधित्व गर्ने एक जना महिला निर्विरोध निर्वाचित भएकी छिन् ।

नयाँ सचालकहरुको कार्याकाल आगामी चार वर्षसम्मका लागि हुने कम्पनीले जनाएकोे छ । त्यस्तै, स्वतन्त्र संचालकमा महेश घिमिरेलाई नियुक्त गरेको कम्पनीले उल्लेख गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्