Logo

मुक्तिनाथ विकास बैंकको साधारण सभा सम्पन्न



काठमाडौं, २६ पुस । आज मुक्तिनाथ विकास बैंकको साधारण सभा पोखरामा सम्पन्न भएको छ । पोखरास्थित पार्दी होटलमा सम्पन्न भएको सभाले जम्मा १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जनाएको छ ।

११.२५ प्रतिशत बोनस शेयर र ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने सभाले प्रस्ताव पारित गरेको हो । सभा शेयरधनीहरुको सहभागितामा भर्चुअल माध्यमबाट गराएको कम्पनीले जनाएको छ । सभाले ०७६÷०७७ आवको प्रतिवेदनको साथै ०७७÷०७८ को नयाँ लेखापरिक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरेकोे छ ।



प्रतिक्रिया दिनुहोस्