Logo

चीन र भिएतनाम महामारीसित जुध्न यसरी बने सफल



एजेन्सी, २६ पुस । चीन र भिएतनामले कोरोना महामारी बीच चालेको कदम निकै सराहनिय रहेको थियो । महामारी फैलिएसंगै चीन र भिएतनामले देशमा तुरुन्तै लकडाउन गरेको, व्यापक कोरोना परिक्षण, कन्ट्याक्ट ट्रेसिङ अहिलसम्म गर्दै आएको कारण उक्त देशहरुले कोरोना नियन्त्रण गर्न सफल भएको अन्राष्ट्रिय मुद्रा कोषले जनाएको छ ।

अन्य देशहरु कोरोना नियन्त्रण गर्न नसकेको र कोरोना भ्याक्निसको पर्खाइमा रहेको बेला चीन र भिएतनामलाई भ्याक्सिन नकुर्नुपर्ने जनाइएको छ । उनीहरुले कोरानालाई सुरुदेखि नै नियन्त्रण गर्दै आएको कारण उनीहरुको आर्थिक अवस्था चाँडै ट्रयाकमा फर्किएको कोषले जनाएको छ । कोरोना भ्याक्सिन बजारमा पर्याप्त मात्रामा पाउन अझै समय लाग्ने र कति मूल्य पर्ने विषय सानो आर्थिक अवस्थामा रहेको देशहरुलाई चिन्ताको विषय बनेको छ ।

सानो देशहरुले महामारी बीच आफ्नो आर्थिक अवस्थालाई सहज बनाउन अनलाईनको माध्यम प्रयोग गर्न सक्ने कोषले सुझाएको छ । सम्पूर्ण विश्वको आर्थिक अवस्था सुधार उन्मुख हुन भ्याक्सिन अपरिहार्य रहेको छ । चीनले सानो देशको आर्थिक अवस्थालाई मध्यनजर राखी उक्त देशहरुलाई भ्याक्सिन खरिद सहज बनाउने भएको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्