Logo

निर्वाचनको वातावरण बनाउन आग्रह



काठमाडौं, पुस २७ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरानो र नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर निर्वाचनको उत्कृष्ट वातावरण बढाउन सबै सञ्चार माध्यमसँग आग्रह गरेका छन् ।

उनले निर्वाचनमा सरकारी स्वामित्वका सञ्चार माध्यमको राष्ट्रिय दायित्व अन्य सञ्चार माध्यमको भन्दा बढी रहेकाले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउन पनि जोड दिएका हुन् ।

उनले निर्वाचनका लागि आयोगले आफ्नो तयारीलाई तीव्र बनाएको चर्चा गर्दै सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यमको सहयोगबाट निर्वाचनको उपयुक्त वातावरण तयार गर्न सञ्चार माध्यमको ठूलो भूमिका रहेको बताए । उनले आफ्नो पेसागत दक्षता र सीपलाई प्रयोग गरेर देशलाई निर्वाचनमय बनाउन सरकारी स्वामित्वका सञ्चार माध्यम स्वतन्त्र रहेको पनि स्पष्ट पारे ।

सरकारी स्वामित्वका सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरूले आइतबार प्रमुख निर्वाचन आयुक्त थपलिया र आयोगका सचिव देवकुमारी गुरागाईंलाई आ–आफ्नो संस्थाले गरेको तयारीबारे जानकारी गराएका थिए ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्