Logo

नेपाल विज्ञापन संघ आनमा नयाँ नेतृत्व चयन



काठमाडौं, २७ पुस । नेपाल विज्ञापन संघको साधारण सभा सम्पन्न भएको छ । २१ औं साधारण सभा एभरेष्ट होटल काठमाडौंमा श्री रबिन्द्र कुमार रिजालको अध्यक्षतामा संचार तथा सुचना प्रविधि मन्त्री श्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा विशेष अतिथिको रुपमा र अन्य अतिथिहरुमा पुर्व अध्यक्षहरु, विज्ञापन बोर्डका प्रतिनिधिहरु र विभिन्न संघ संस्थाको प्रतिनिधि तथा सरकारी निकायको उपस्थिति थियो ।

२१ औं बार्षिक साधारण सभाले संघको १० औं कार्यसमितिको चयन गरेको छ । २१ औं साधारण सभाले आगामि ३ बर्षको कार्यकालको लागि सोम प्रसाद धितालको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितिय उपाध्यक्ष पिताम्बर पोख्रेल “बिजय”, महासचिव कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्ष पंकज लाल प्रधान, सचिवसन्तोष खड्का, सह–कोषाध्यक्ष जिवन पोख्रेल, सदस्यहरुमा क्रमशः साजन श्रेष्ठ, बिशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने, बिधान राजभण्डारी बिजय हुनु भएको छ ।निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सह—कोषाध्यक्ष निर्विरोध चयन भएका छन् ।



प्रतिक्रिया दिनुहोस्