Logo

बाघको छाला जस्तो देखिने वस्तु सहित तीन पक्राउ



काठमाडौं, २७ पुस । बाघको छाला जस्तो देखिने वस्तु सहित तीन जना पक्राउ परेका छन् । काठमाडौं शंखमुलबाट १ थान बाघको छाला जस्तो देखिने वस्तु सहित भक्तपुर बस्ने जिरी घर भएका ४८ वर्षीय जय बहादुर जिरेल समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उक्त बस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्