Logo

प्रचण्ड किन पुगे निर्वाचन आयोग



काठमाडौं, २७ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोग पुगेका छन् । उनले निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया रोक्न लिखित पत्र समेत बुझाएका छन् ।

प्रतिनिधिसभा बिघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन भएको भन्दै प्रचण्डले निर्वाचन प्रक्रिया रोक्न ध्यानाकर्षण गराएका हुन् । प्रचण्डले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर मुद्दा विचाराधीन रहेकाले निर्वाचनका गतिविधि रोक्न भनेको नेकपा स्थायी कमिटी सदस्य लिलामणि आचार्यले बताए ।

नेकपा विवादको आधिकारिकतबारे निर्वाचन आयोगले २३ गते सात दिनभित्र सुधारसहितको थप विवरण उपलब्ध गराउन पत्राचार गरेको अवस्थामा प्रचण्ड आफै आयोग पुग्नुलाई अर्थपूर्ण मानिएको छ । आज उनले नेकपा नेताहरु लिलामणि आचार्य, राजेन्द्र पाण्डे र वरिष्ठ अधिवक्ता समेत रहेका सांसद रामनारायण बिंडारीलाई पनि साथै लिएर गएका थिए ।

५ पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट सिफारिश गराएर राष्ट्रपति समक्ष पठाएर प्रतिनिधिसभा बिघटन सदर गराएसँगै वैशाखमा चुनाव घोषणा भएको हो । चुनाव घोषणापछि निर्वाचन आयोगले त्यसको तयारी बढाएको छ ।

तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्