Logo

२०४२ सालदेखिका छुटेका निजी फर्म नवीकरण चैत्र २० सम्म गर्न पाउने



काठमाडौं, २७ पुस । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले निजी फर्म दर्ताका लागि आगामी २० चैत्र सम्मको लागि समयावधि थप गरेको छ । कोराना भाइरसको कारण दर्ता नविकरण हुन नसकेका निजी फर्महरुलाई मन्त्रालयले नियमावली २०७७ संशोधन गर्दै समयावधि थप गरेको हो ।

निजी क्षेत्रले सरकारसँग कोरोना कहरको कारण फर्म नविकरण गर्न नपाएकोले सरकारसँग थप समयको माग गरेको थियो । मन्त्रालयले नियम संशोधन गरेर नविकरण छुटेका निजीहरुलाई फर्महरुलाई बिना शुल्क तथा जरीवाना नवीकरण गर्न दिने निर्णय गरेको जनाएको छ ।

सरकारले यो निर्णय गरेसँगै ३४ वर्षदेखि नवीकरण छुटेका तथा गर्न नपाएका निजी फर्महरुको दर्ता गर्न बाटो खुलेको छ । हाल सरकारले २०४२ सालपछिको नवीकरण छुटेका निजी फर्महरुलाई मध्य नजर गर्दै बाटो खोलेको हो । धेरै पुराना फर्महरुलाई निश्चित जरिवाना तिराएर नवीकरण गर्ने मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्