काठमाडौं, २७ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७३ सालमा प्रतिनिधिसभाको रोष्टममा उभिएर भनेका थिए, ‘संसद भंग हुँदैन । जतिबेला प्रधानमन्त्री भइरहनुपर्दैन भन्छ तब छाड्छु ।’
त्यतिबेला अल्पमतको प्रधानमन्त्री बनेका ओलीको त्यो बोली दोस्रो पटक भारी बहुमतको प्रधानमन्त्री हुँदा फेरिएको छ । उनले प्रतिनिधि सभा बिघटन गरेका छन् । त्यसको प्रश्न उठदा राष्ट्रियसभाको रोष्टममा उभिएर भने, ‘प्रधानमन्त्रीले प्रतिनिधि सभा बिघटन गर्न पाउँदैनन् भनी कहाँ लेखेको छ ?’ उनले धारा ७६ को उपधारा ७ मा बिघटन गर्ने लेखेको समेत दाबी गरेका छन् ।
ओलीले त्यतिबेला संसदले आफूलाई प्रधानमन्त्री चुनेकोले त्यसको कदर गर्ने समेत बताएका थिए । तर, उनले यसपटक प्रतिनिधिसभा नै बिघटन गरेर यसको बचाऊ गर्दै आएका छन् । ओलीले पार्टीभित्रको विवादका कारण प्रतिनिधि सभा बिघटन गरेका हुन् ।
चार वर्षमै फेरियो खड्ग ओलीको बोलीः ०७३ मा आफैंले भनेका थिए, ‘संसद् भंग हुँदैन, हामी संसदमैं बसेर संसदीय अभ्यास गर्छौ ।´ pic.twitter.com/zqMepx1DuQ
— Santosh Bhattarai?? (@santoshchha) January 11, 2021