Logo

पृथ्वी जयन्ती : सिंहदरबारमा कसरी भयो झडप ? पशुपति शमशेरले के भने ? (भिडियोसहित)



पुष २७, काठमाण्डौ । तत्कालिन राजा पृथ्वीनारायण शाहको आज २ सय ९९ औं जन्मजयन्ती मनाईएको छ । तर सरकारी स्तरबाट कुनै पनि कार्यक्रम भएन । विभिन्न राजनीतिक दल, तथा राजावादी संघ संस्थाले भने राष्टिय एकता दिवसको रुपमा मनाएका छन् । दिवसका अवसरमा काठमाडौंको सिंहदरबार अगाडी रहेको पृथ्वी नारायणको शालिकमा माल्यार्पण गरिएको थियो । त्यस्तै राप्रपाले काठमाडौंमा रÞ्यालिको आयोजना गरेको थियो । यसैबीच जुलुस सहित शालिकमा माल्यार्पण गर्न सिंहदरबार अगाडी जान लागेका समूहलाई प्रहरीले भद्रकालीमा रोकेको थियो । सो क्रममा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित कार्यक्रम गर्न पुगेकाहरुमाथि प्रहरीले धरपकडसमेत गर्यो ।

दिवस मनाउन पुगेकाहरुले निकालेको ¥यालीका सहभागिहरु भद्रकालीबाट सिंहदरबार पश्चिम गेटतर्फ अघि बढ्दा सडक पूरै छेकेपछि प्रहरीले पेटीबाट हिड्न गरेको आग्रह नमान्दा धरकपड भएको हो । ¥यालीमा सहभागीले प्रहरीले ज्यादती गरेको भन्दै नाराबाजी गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पशुपति शम्शेर राणाले पृथ्वी जयन्ती मनाउने क्रममा प्रहरीले दमन गरेर स्वतन्त्र प्रजातान्त्रिक हकलाइ उलंघन गरेको आरोप लगाएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा राप्रपाले काठमाडौंमा गरेको चियापानमा राणाले पृथ्वी जयन्ती शान्तिपूर्ण उत्सवका रुपमा मनाउन खोज्दा सिंहदरबार अगाडी भएको दमन लोकतन्त्रीक पद्धतीका विरुद्ध भएको बताए ।

राप्रपाका नेता तथा कार्यकर्ताहरुले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानलाई भुल्न नहुने बताएका छन् । उनीहरुले पुष २७ गतेलाई पृथ्वी जयन्तीको रुपमा मान्यता दिन सरकारसँग माग पनि गरेका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७’ का अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ ।

केन्द्रमा पृथ्वीनारायण शाहकालीन इतिहास झल्काउने चित्रकलालगायतका महत्त्वपूर्ण जानकारी रहेको पनि सेनाले जनाएको छ । पृथ्वी जयन्तीका अवसरमा सेनाले राष्ट्रव्यापी ’राष्ट्रिय कविता प्रतियोगिता २०७७’ पनि आयोजना गरेको थियो । नेपाल एकीकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो ।

तर ६२ ÷६३ सालको आन्दोलन पछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । केही समयदेखि एकता दिवस मनाउन माग उठेपनि सरकारले कुनै निणय गर्न सकेको छैन । पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकीकरण गरेर वृहत नेपाल बनाएका थिए । तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उनको दूरदर्शिताको कदरका लागि भएपनि दिवस मनाउनुपर्ने इतिहासविद्हरुको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्