Logo

स्वास्थ्य मन्त्रालयको बेथिति



काठमाडौँ, २८ पुस: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले असहज अवस्थामा स्वास्थ्यमन्त्रीको आफ्नो पाँच महिने कार्यकाल सफल भएको दाबी गर्दै विधि र पद्धत्तिभन्दा पनि अतिरिक्त स्वार्थको रुपमा लामो समयदेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रुमलिएको अवस्थामा आफूले सुधारात्मक कार्य गरेको बताए ।

मेसिनरी आंैजार खरिदमा कमिसनको चक्कर आदि कारणले स्वास्थ्य मन्त्रालयको खरिद प्रक्रियामा पनि विकृति बढेको उल्लेख गर्दै उनले शुुद्धिकरणको यात्रा आरम्भ गरेको बताए ।

मन्त्री ढाकालले मुलुक लकडाउनमा रहेका बेला सामग्री ढुवानी गर्न कठिनाई भइरहेको परिस्थितमा पनि आफ्नो पहल कदमीले कोभिड–१९ सँग सम्बन्धीत औषधिजन्य सामग्री ल्याएर विकसित मुलुकको भन्दा सहजरुपमा व्यवस्थापन गरिएको दाबी गरे । सङ्कटपूर्ण अवस्थामा स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्दा पनि एकै पटक गाउँपालिकामा अस्पताल उद्घाटन गरेर स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याएको उल्लेख गर्दै उनले शक्तिशाली मुलुकलेसमेत स्वास्थ्य सामग्री नपाएको सन्दर्भमा सरकारले सहजरुपमा सामग्री ल्याएर दायित्व पूरा गरेको बताए ।

सरकारले एक चिकित्सक एक स्वास्थ्य केन्द्र पाइलट परियोजनाको शुरुवात गर्नुका साथै मुलुकभरका गाउँपालिकामा पाँच, १० र १५ श्ययाका ३१५ वटा अस्पताल गत मङ्सिर १५ गते एकै दिन उद्घाटन गरेको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्