Logo

२०२० इन्टेग्रीटी आईकन सार्वजनिक



काठमाडौं, २८ पुस । अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रीटी आईकन २०२० लाई सार्वजनिक गरेको छ । महामारीले निम्त्याएको चुनौतीका बावजुत हरेक वर्ष जस्तै यस वर्ष पनि ल्याब नेपालले आईकन सार्वजनिक गरेको हो ।

कोभिड – १९ को महामारीले व्यक्तिगत तथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको छ । इन्टेग्रीटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थलिएको खुला अभियान हो । ७ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका १२ मुलुकमा पुगिसकेको छ ।

यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका १५०२ मनोनयनबाट निर्णायक समितिले छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशीराज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल रहनुभएको थियो ।

इन्टेग्रीटी आइकन २०२० का लागि छनौट भएका व्यक्तित्वको संक्षिप्त विवरण:
आरती थारु, जनस्वास्थ्य निरीक्षक, नेपालगञ्ज स्वास्थ्यचौकी: प्युठान जस्तो विकट ठाउँमा कार्यरत हुँदाउनले सुत्केरी महिलाका लागि गरेको काम उल्लेखनिय छ । उनले त्यहाँ रहँदा, सुत्केरी सेवा सबैको पहुँचमा पु¥याउन बर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिका निर्वाह गरिन् । हाल नेपालगञ्जमा रहँदा कोभिड – १९ महामारीको समयमा उनले क्वारेन्टाईनमा काम गर्दा देखाएको सहास, आईसोलेशन र होम आईसोलेशनमा बस्ने संक्रमितलाई गरेको सेवाको सबैले प्रसंशा गरेका छन् ।

दिपक ज्ञवाली, महाशाखा प्रमुख, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, लुम्विनी प्रदेश, बुटवल:  दिपक ज्ञवालीले बनलाई आयस्रोतको माध्यमबनाउन सकिन्छ, अतिक्रमित बन राज्यको नाममा फिर्ता गर्न जोखिमको सामना गर्न सक्नु पर्दछ र समुदाय र विशेष गरेर महिला समुह परिचालन गरेर तस्करीलाई निरुत्साहन गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गर्नु भएको छ । टिम वर्कमा विश्वास गर्ने र जिम्मेवारी बाडफाड गरेर कामगर्ने भएकोले उनीकार्यरत कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्दै आईरहेका छन् ।

हेम बहादुर आले मगर, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, ओखलढुंगा:  हेम बहादुर आले मगरले कृषकलाई दिगो व्यवसायिक खेतीगर्ने तालिम दिन फार्म स्कुल सञ्चालनमा ल्याए । त्यसबाट कृषकले खेती गर्ने तरिका र प्रविधिको उचितप्रयोग गरेर आयआर्जन गर्नसके । त्यसै गरेर, कृषकको समस्या बुझेर समाधान गर्न निमित अगुवा कृषक गोष्ठिको आयोजना गरे । वास्तविक कृषकको पहिचान गरेर प्रभावकारी स्रोत परिचालन गर्नमा पनि उल्लेख्य काम गरे ।

मञ्जु महत, अधिकृत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछाम:  मञ्जु महतले अछाममा घरेलु हिँसा र छाउपडी प्रथाकमगर्न र बालबालिकाको नेतृत्व विकास गर्नमा ठुलो योगदान गरेकिछिन् । यदि कुनै महिलाले घरेलु हिँसाको सामना गरिन भने सबैले पहिलो पटक सम्झिने नामहो मञ्जु महत । पहिला वस्तु स्थिति बुझ्ने, व्यवहारिक कार्ययोजना बनाउने र त्यसको प्रभावकारी कार्यान्वयन गर्नु उनको कार्यशैली हो ।

डा. नविनबन्धु पहाडी, शिक्षक, नीलकण्ठ उच्चमाध्यामीक विद्यालय, धादिङ:  पहाडीले धादिङमा दलित र सिमान्तकृत समुदायका बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्ति तथा संस्थासँगको सहकार्यमा विद्यालय स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । त्यसै गरेर आमाबाबु गुमाएका बालबालिका अभावका कारण पढाईबाट बञ्चित नहोउन भन्नका लागि बाल अनाथाश्रम पनि सञ्चालन गरेका छन् ।
यि आईकन र उनिहरूले गरेका कामलाई सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट आउँदो एक हप्ता भरी प्रस्तुत गर्ने बताइएको छ । आगामी माघ ९ गते भर्चुअल माध्यमबाट सम्मान समारोह आयोजना गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्