Logo

सी जिङपिङ र मोदीबीच बातचित् गराउनसक्छुः ओली (भिडियोसहित)



काठमाडौं, २८ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबीचको विवाद हटाउन आफूले मध्यस्थकर्ताको भूमिका निभाउन सक्ने बताएका छन् । उनले भारतका प्रधानमन्त्री सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुवै आफ्नो मित्र भएकाले असमझदारी हटाउन भुमिका खेल्न सक्ने बताएका हुन् ।

‘हामी भारत र चीन दुवै छिमेकीसँग तटस्थ भुमिका निभाउँछौं,’ ओलीले जी न्युजका सुधीर शर्माको अन्तवार्तामा भने,‘सी जिङपिङ र मोदी दुवैबीच संवाद गराउन सक्छु ।’ उनले दुवैबीचको असमझदारी हटाउन सक्ने समेत बताए । उनले भने,‘दुवै मेरा मित्र हुनुहुन्छ, असमझदारी हटाउन सक्छु । वार्ता गराउन सक्छु ।’ आफू लामो समययता राजनीतिमा भएकाले संवाद गराउने क्षमता राख्ने समेत दाबी गरे ।

ओलीले भारत र चीनबीच गलवानको विवाद नेपालका लागि लेनादेनाको विषय नभएको समेत बताए । उनले दुई देशको मामिलामा नेपालले तटस्थ नीति लिएको स्पष्ट पारेका हुन् ।

भारत र चीनबीच गलवानमा विवाद हुँदा नेपाल किन भारतको पक्षमा नबोलेको ? भन्ने भारतीय पत्रकार सुधीर चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुकबीचको विवादमा नेपाललाई कसैको पक्ष वा विपक्षमा लाग्न जरुरी नरहेको बताए । उनले भने, गलवानको विषयमा हामीलाई के को लेनादेना ?

विवादमा..कुनै एक देशको पक्ष लिनेभन्दा बरु आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ताका लागि मध्यस्थता गर्न सकिने धारणा प्रधानमन्त्री ओलीले राखे ।

‘दुई छिमेकीबीच समस्यारहित सम्बन्ध नेपालले चाहेको छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदी आफूभन्दा उमेरले जेठो भए पनि सार्वभौम सत्ता सम्पन्नताको हिसाबले एउटै श्रेणीको प्रधानमन्त्री रहेको बताए ।

‘देशको भूगोल सानो–ठुलो हुन सक्छ तर सार्वभौमिकता ठुलो–सानो हुँदैन’, उनले भने ।

दुई देशबीच केही विषयमा बहस भइरहेको जनाउँदै बहस हुनुलाई नराम्रो अर्थमा लिन नहुनेसमेत बताए ।

‘बहस हुनु नराम्रो होइन, बहस स्वच्छ हुनुपर्छ, सत्य पत्ता लगाउनका लागि हुनुपर्छ’, उनले भने,, ‘बहसले नै सत्यलाई बाहिर ल्याउँछ । बहस नगर्ने हो भने सत्यलाई पत्ता लगाउन सकिँदैन ।’

प्रधानमन्त्री ओलीले सन् २०२१ लाई नेपाल र भारतको बीचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने दाबीसमेत गरे ।
‘चीनसँग नेपालको सीमासम्बन्धी कुनै पनि विवाद छैन । भारतसँग भने सानो समस्या रहेको छ । सन् २०२१ मा त्यो पनि समाधान हुन्छ’, उनले भने ।

४५ मिनेटभन्दा लामो अन्तवार्तामा प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालको समेत आलोचना गरेका थिए । प्रचण्ड अस्थिर भएकाले आफूले पटक–पटक धोका खाएको बताए ।



प्रतिक्रिया दिनुहोस्