Logo

प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न : भारतले भनेर संसद भंग गरेको हो ?



काठमाडौँ, २९ पुस।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री के पी शर्मा ओलीले भारतले भनेर संसद भंग गरेका हुन् भन्दै प्रश्न गरेका हुन् ।

काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मलाई ओलीले नै भनेका थिए भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका अन्य नेताहरु लागिपरेको छ ।’ ‘हामीले त्यतिबेला हटाएनौं । भारतले भन्दैमा हामीले हटाउने हो र भनेर हामीले हटाएनौं ।’ यस सन्दर्भमा प्रचण्डले भने ।

उनले भने, ‘अनि उहाँले अहिले पार्टी विभाजन र संसद भंग भारतले भनेर गरेको हो त ? तपाईं यसलाई के भन्नुहुन्छ केपीजी । मैले भारतलाई अन्यथा भन्न खोजको होइन, तर केपीजीको त देखियो नि त?



प्रतिक्रिया दिनुहोस्