विराटनगर, २९ पुस । विराटनगर शान्ती चोक–राम मन्दिर क्षेत्रको सडक अलपत्र परेकोमा स्थानियले आपत्ती जनाएका छन् । लामो समयदेखि शान्ती चोक–राम मन्दिर क्षेत्रको सडक निर्माण कार्य अलपत्र पारीएको भन्दै स्थानिय आक्रोशित भएका हुन् ।
आक्रोशित भएका स्थानियले ७४ जनाको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका छन् । सडक निर्माणकार्य छिटो सम्पन्न गर्न भन्दै वडा कार्यालय, विराटनगर महानगरपालिका र भौतिक पुर्वाधार विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको स्थानिय प्रशन्न वैद्यले बताए ।
उक्त सडकमा दिनँहु साना ठुला सवारी साधनको चाप हुने गरेको छ । तर अलपत्र छाडीएका कारण अत्यधिक धुलो उडेका कारण वातावरण प्रदुषणका साथै मानव स्वास्थ्यमा समेत गम्भिर असर परेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ । स्थानियले तत्कालका लागि दिनमा ३ पटक सम्म पानी पठाउन माग गरेका छन् ।