काठमाडौं, १ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा शुरु भएको छ । उनी तीन दिने भारत भ्रमणका लागि आज प्रस्थान गरेका हुन् ।
परराष्ट्रमन्त्रीको भ्रमण दलमा परराष्ट्रसचिव भरतराज पौडेल, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायत सरकारी अधिकारीहरु सहभागी छन् । भारत भ्रमणका क्रममा ज्ञवालीले समकक्षी एस एम जयशंकरसँग भेट्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुनाउने बुझिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भारत भ्रमणका क्रममा नेपालले व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति, कोभिड १९ विरुद्ध सहकार्य सहित सीमाको विषय उठाउने भएको छ । भ्रमण कोभिड १९ विरुद्धको खोपबारे कुराकानी बढी केन्द्रित हुने बुझिएको छ ।
–तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल