काठमाडौं, १ माघ । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल पुनः निर्वाचित भएका छन् । बैंकको १४ औं साधारण सभाले संचालक छनोट गरेपछि उनी अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थापकतर्फबाट संचालन समितिमा क्याबिनेट श्रेण्ठ र रामबहादुर भण्डारी छानिएका छन् । सर्वसाधारण शेयरधनीतर्फबाट सुदर्शनकृष्ण श्रेष्ठ, दीपक शर्मा पोखरेल र कृष्णप्रसाद शर्मा छानिएका छन् ।
बैंकले गत वर्षको आवको कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ गरेको जनाएको छ । हाल बैंकको चुक्तापुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।