Logo

विजय लघुवित्तको ८ औं साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश वितरण गर्ने



गैडाकोट, १ माघ । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको आठौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले आ.व. ०७६/०७७ को नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

वित्तिय संस्थाको पौष २९ गते विजय विकास स्रोत केन्द्र गैडाकोटमा सम्पन्न साधारण सभाले १९ प्रतिसत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरी हाल कायम भएको चुक्ता पुँजीमा १९ प्रतिशतले बृद्धि गरी रु.२६६,५९७,४८५ पु¥याउने प्रस्ताव पारित गरेको छ ।

सभा संस्थाका अध्यक्ष श्री कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । सभाले आ.ब. २०७६/०७७ को संचालक समितिको प्रतिवेदन , २०७७ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व. २०७६/०७७ को नाफा नोक्सान हिसाब , सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०७७/०७८ मा लेखा परिक्षण कार्य गर्नका लागि साविकका आर एण्ड एसोसियट्सका सिए रबिन्द्र श्रेष्ठलाई पुनः नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

उक्त सभाले बित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि आवश्यक सहमति र समझौता गर्ने लगायत गाभ्ने,गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कोभिड १९ को कारण वार्षिक साधारण सभामा भौतिक रुपमा साथै भर्चुअल माध्यमबाट भाग लिन सक्ने गरी व्यवस्था गरेको लघुवित्तले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्