Logo

आजदेखि अन्तर बैंक एटिएम प्रयोग गर्दा शुल्क लाग्ने



काठमाडौं, १ माघ । आजबाट अन्तर बैंकको एटिएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ । कोरोना संकटमा नेपाल राष्ट्र बैंकले अन्तर बैंक एटिएम निःशुल्क गरेको थियो । माघ १ गतेबाट लागु हुनेगरी राष्ट्र बैंकले फरक बैंकको एटिएम प्रयोगमा शुल्क निर्धारण गरेको हो ।

ग्राहकले जुनसुकै बैंकबाट महिनामा २ पटकसम्म कारोबार गर्दा निःशुल्क र त्यसपछि भने अधिकतम २० रुपैयाँ लिन बैकिङ तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । यसअघि ०७७/७८ को मौद्रिक नीतिले कोभिड–१९ को असर रहेसम्म संस्थाको एटिएम कार्ड तथा अन्तर बैंकको कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुले लकडाउन खुलेपछि लागत धेरै बढ्ने भन्दै अन्तर बैंक एटिएम शुल्क लिने घोषणा गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्