काठमाडौं, २ माघ । मुद्दा मिलाइदिने भन्दै रकम मागेको अभियोगमा घलान पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भनि पीडित पक्षसँग ९० हजार रुपैयाँ मागेको अभियोगमा मकवानपुर टिष्टुङ पालुङ घर भएका ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धि बहादुर घलानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको बताएको हो ।
महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको जनाएको छ ।
घलानमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।