Logo

आयुर्वेदिक औषधि उपयोगी



काठमाडौं, माघ ४ । डा अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक हुन् । सोही अस्पतालमा कार्यरत डा श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।

“मलाई कोरोना लाग्नासाथ नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक डा प्रदीप केसीलाई फोन गरेर आयुर्वेदिक औषधि मगाए । आयुर्वेदिक औषधि नियमित प्रयोग गरेपछि मलाई गाह्रो भएन, सजिलै कोरोना परास्त गर्नसकेँ,” डा श्रेष्ठले भने । उनकी बहिनीलाई भदौ महिनामा कोरोना सङ्क्रमण हुँदा आयुर्वेदिक औषधिले निको भएको डा श्रेष्ठको अनुभव छ ।

“म एलोपेथिक चिकित्सक हुँ तर कोरोनाकालमा आयुर्वेदिक औषधि धेरै सङ्क्रमितलाई वरदान हुन पुगेको छ । कतिले विश्वास गर्छन्, कतिले गर्दैनन् । मेरो लागि आयुर्वेदिक औषधिले धेरै सुधार ग¥यो । म अरूलाई पनि आयुर्वेदिक औषधि प्रयोगका लागि भन्ने गर्छु,” डा श्रेष्ठले भने । उनीजस्ता धेरै एलोपेथिक चिकित्सक तथा स्वास्थ्यकर्मीले समेत कोरोनाको औषधिका रूपमा आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले आफूले पनि आयुर्वेदिक औषधि प्रयोग गरिरहेको भन्दै अरूलाई प्रयोग गर्न सुझाव दिए । आयुर्वेदिक औषधिले आफूलाई धेरै राम्रो गरेको जानकारी दिँदै उक्त औषधि प्रयोग गर्न अरू सङ्क्रमितलाई पनि उनको सुझाव छ।

त्यसो त नरदेवी आयुर्वेदिक चिकित्सालयबाट हालसम्म ७० हजार व्यक्तिले कोरोना उपचारका लागि औषधि लगिसकेका छन् । “हाम्रो तथ्याङ्कमा ६० हजार जनाले औषधि लगेका छन्, यो तथ्याङ्कबाहेक २० हजार जनाले आयुर्वेदिक औषधि प्रयोग गरेका छन्,” नरदेवी आयुर्वेदिक चिकित्सालयका निर्देशक डा प्रदीप केसीले भने । चिकित्सक, नर्स, पत्रकार, स्वास्थ्यकर्मी, कर्मचारी, नेता सबैले कोरोना उपचारका लागि आयुर्वेदिक औषधि प्रयोग गरेको डा केसीले स्पष्ट पारे ।

नरदेवीमा नै उत्पादन गरेको ज्येष्ठवासादी मिश्रण औषधि कोरोना निको बनाउन सहयोगी भएको निर्देशक डा। केसीले दाबी रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्