सप्तरी, ४ माघ । खड्क न.पा. ८ गिरधारी राईस मिल स्थित पुर्व पश्चिम राजमार्गमा स १ त २५१२ नम्बरको रोकी राखेको ट्याक्टरलाई विपरित दिशाबाट आएको मे १ ज २४५२ नं को सुमोले राति ३.३० बजे ठक्क्र दिँदा एक जनाको मृत्यु भएको छ ।
घाइते २५ वर्षीय रुपेश लिम्बुको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचथर फिदिमका ३४ वर्षका टेक बहादुर दर्जी र जित बहादुर श्रेष्ठ घाइते भएका छन् । ट्याक्टर, ट्याक्टर चालक, तथा सुमो प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । यस विषयमा थप अनुसन्धान भैरहेको सप्तरी प्रहरीले जनाएको छ ।