Logo

नेकपाको आधिकारिकता हामीले पाउनुपर्छ : खगराज अधिकारी (भिडिओसहित)



काठमाडौं, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद खगराज अधिकारीले आफूहरुले नै नेकपाको आधिकारिकता निर्वाचन आयोगबाट पाउने विश्वास दिलाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको आधिकारिकता प्राप्त गर्ने कुरामा कसैले पनि काईते कुरा गर्न नहुने पनि जिकिर गरे । उनले निर्वाचन तोकिएकै मितिमा हुने पनि विश्वास दिलाए । यसको लागि सरकारले आवश्यक तयारी थालिसकेको पनि अधिकारीले जानकारी दिए । उनले संसद पूनःस्थापना नहुने पनि जिकिर गरे । बरु, बैशाखमै निर्वाचन हुने विश्वास दिलाए । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्