Logo

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको तलब ३९ लाख



काठमाडौं, ४ माघ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायलाई मासिक २ लाख ५० हजारको दरले मासिक तलब भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

संचालक समितिले उनलाई औषधि उपचारबापत ५० दिनको तलब थप दिएको छ भने टेलिफोन र मोवाइल शुल्क बापत मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउदै आएको छ । पुस २९ गते प्रस्तुत भएको वार्षिक प्रतिवेदनमा यो विवरण उल्लेख छ ।

एक वर्षमा उपाध्यायले ३९ लाख १६ हजार रुपैयाँ बुझेका छन् । उनलाई सञ्चय कोष बापत एक महिनाको तलब सुविधा दिइएको छ । दशैभत्ता, तलब, औषधि उपचार र सञ्चय कोष गरेर उक्त रकम बुझेका हुन् ।



प्रतिक्रिया दिनुहोस्