काठमाडौं, ४ माघ । आज शेयरबजार कोरोबारमा सर्वाधिक वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकसहित १० कम्पनीको शेयरमुल्यमा सर्वाधिक बृद्धि भएको हो । कारोबार सुरु भएको केही घन्टामा नै २२.६४ अंकले बढेर २ हजार ३०९ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
नारायणी डेभलपमेन्ट र गुरास लघुवित्तको शेयरमुल्य उच्च ९.९८ प्रतिशतले बढेको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९७ प्रतिशत, प्रभु लाइफको ९.९६ प्रतिशत, किशान लघुवित्तको ९.९५ प्रतिशत, आरम्भ चौतारीको ९.९२ प्रतिशत र कामना सेवा, हाइड्रो इलेक्ट्रोसिटी, मल्टिपर्पस फाइनान्स र मञ्जुश्री फाइनान्सको शेयरमुल्यमा बृद्धि भएको हो ।