Logo

कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा सञ्चालन



काठमाडौं, ४ माघ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरेको छ । आइतबारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

कीर्तिपुर ९ नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ । मेगा बैंकको यो २०७ औं शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।

अहिले उपत्यका र उपत्यका बाहिर गरी मेगा बैंकका २०७ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्