Logo

चन्द्रागिरी हिल्सको आईपीओ यहि हप्तामा बाडँफाँट हुने



काठमाडौं, ४ माघ । चन्द्रागिरी हिल्सको १५ लाख ३४ हजार ९१ कित्ता शेयर यहि हप्ता बाँडफाँट हुने भएको छ । शुक्रबारसम्म आईपीओ बाँडफाँट गर्ने गरी तयारीमा जुटेको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

हिल्सले पुस २४ गते देखि २८ गतेसम्म आवेदन दिन सकिने १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको शेयर निष्कासन तथा बिक्रि खुला गरेको थियो ।

१५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको कुल शेयरमध्ये ४ प्रतिशत वा ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत वा ७६ हजार ७०५ कित्ता सामुहिक लगानीकोषहरुको लागि छुट्टाइएको छ ।

कम्पनीको शेयरमा १० लाख ६७ हजार ८९३ वटा आवेदनबाट २ करोड १० लाख ५२ हजार ३२० कित्ता आवेदन परेको छ । २ अर्ब १० करोड ५२ लाख ३२ हजार रुपैयाँ बराबरको आवेदन परेको हिल्सले जनाएको छ ।

कम्पनीको आईपीओमा आवेदन दिने मध्ये १ लाख ३९ हजार ६०२ जनाले मात्र १० कित्ताका दरले शेयर पाउनेछन् भने ११ लाख भन्दा धेरैको हात खाली हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्