Logo

स्वचालित बत्ती जडानका लागि अध्ययन सुरु



काठमाडौं, माघ ५ । काठमाडौं उपत्यकामा कृत्रिम वौद्धिकतामा आधारित स्वचालित विद्युतीय बत्ती जडान गर्न अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । नयाँ प्रणालीको बत्तीले सडकमा सवारी साधन नभएको अवस्थामा पनि निर्धारण गरिएको समयानुसार नै साङ्केतिक चिह्न र बत्ती परिवर्तन गर्ने छ । सडकमा सवारी साधनको चाप हेरेर मेसिनले स्वतः साङ्केतिक चिह्न र बत्ती परिवर्तन गर्ने छ ।

सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रमअन्तर्गत उपत्यकामा ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ट्राफिक लाइट जडान गर्ने उद्देश्यले अध्ययन र डिजाइन गर्न सडक विभागले परामर्शदाता नियुक्त प्रक्रिया अगाडि बढाइसकेको छ । नेपालमा पहिलो पटक ट्राफिक व्यवस्थापन गर्न यो प्रणाली जडान गर्न लागिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्