Logo

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि (विज्ञप्तीसहित)



काठमाडौं, ५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा तीन जनामा नयाँ प्रजाति/भेरियन्टको कोभिड–१९ संक्रमण पुष्टि भएको जनाएको छ । आज मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको नाममा जारी विज्ञप्तीले उक्त कुराको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो। तीन जनामध्ये २८ र ३२ वर्षीय महिला र पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । हेरौं विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्