Logo

औषधी तथा सर्जिकल सामान चोरीमा सम्लग्न ४ जना पक्राउ



भक्तपुर, ५ माघ । औषधी तथा सर्जिकल सामान चोरी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । मध्यपुर सानोठिमीस्थित दिव्य ज्योती साईटिफिक ट्रेडिङ कन्सर्नको गोदामबाट औषधी तथा सर्जिकल सामानहरु चोरी गरेको अभियोगमा मध्यपुर सानोठिमी बस्ने २२ वर्षीय रिजन थापा मगर लगायत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले पुस २५ गते उक्त गोदामबाट औषधी तथा सर्जिकल सामानहरु रिजनको घरमा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले चोरी गरेको ३५ थान विभिन्न औषधी तथा सर्जिकल सामानसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्