Logo

इन्भेष्टमेण्ट बैंक र सिटी फाइनान्सको एकिकृत कारोबार माघ ११ गते बाट सुरु हुने



काठमाडौं, ५ माघ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार सुरु हुने भएको छ । यी दुई कम्पनीले माघ ११ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका हुन् ।

राष्ट्र बैकले मंसिर ७ गते प्राप्ति सम्बन्धि प्रक्रियाका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुबै कम्पनीले असोज २८ गते विशेष साधारण सभाबाट प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।

दुई कम्पनीबीच प्राप्ति सम्बन्धि सम्झौता गत भाद्र १७ गते भएको थियो । प्राप्ति प्रयोजनार्थ सिटी एक्सप्रेसले शेयर कारोबार पुस २८ गतेदेखि नै बन्द गरेको छ । सिटी एक्सप्रेस फाइनान्स प्राप्तिपछि इन्भेष्टमेण्टको चुक्तापुँजी १४ अर्ब ६४ करोड ८९ लाख ५५ हजार पुग्नेछ ।

 



प्रतिक्रिया दिनुहोस्