Logo

नेकपाको दाहाल-नेपाल समूहले ओलीलाई पार्टी सदस्य समेत नहरने गरी कारबाही गर्ने



काठमाडौं, ५ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाउने भएको छ । त्यसका लागि उक्त समूहले प्रक्रिया बढाएको छ ।

ओलीलाई थप कारबाही गर्न आज स्पष्टिकरणसहितको पत्र बालुवाटारमा लगिएको छ । नेकपा नेता सुरेन्द्र पाण्डेसहितका नेताहरुले बुझएको पत्रमा थप कारबाही किन नगर्ने ? भनी स्पष्टिकरण समेत सोधिएको छ । बालुवाटारको गेटमा पत्र बुझाइएको छ ।

दाहाल नेपाल समूहले अब ओलीलाई पार्टी साधारण सदस्यमा समेत नरहनेगरी कारबाही गर्ने भएको छ । यसअघि उनलाई अध्यक्ष पदबाट हटाएको थियो ।

ओलीमाथि पार्टीविरुद्ध गतिविधि गरेको आरोप लगाइएको छ । तर, ओलीले नेकपामा आफू नै वैधानिक अध्यक्ष भन्दै प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएर अध्यक्षमा मात्र राखेको बताइसकेका छन् । प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नियुक्ति गरेका छन् ।

नेकपा विभाजन भएपछि एउटा पक्षले अर्को पक्षका नेतामाथि कारबाही गर्ने र पदबाट हटाउने निर्णयहरु आउने क्रम जारी छ ।



प्रतिक्रिया दिनुहोस्