Logo

नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान खोज्दा…



काठमाडौं, ७ माघ । नक्कली पिसिआर रिपोर्ट बनाई दुबई जान खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी–५ घर भएका सुदिप चौधरीलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पिसिआर रिपोर्ट नक्कली भएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्