Logo

मस्र्याङ्दीमा सामुदायिक भवन निर्माण सम्पन्न



लमजुङ, ७ माघ । यहाँ एक सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–७ उस्तामा यहाँका स्थानीय क्लब, आमा समूहलगायत स्थानीय मिलेर रु ५० लाखमा सामुदायिक भवन निर्माण गरेको हो । स्थानीय तेज लक्षिन घलेले भने, “भवनसँगै भान्साघर, भण्डारण कोठा, पानीको धारा, शौंचालयलगायतका आवश्यक संरचना पनि निमार्ण गरिएको छ ।

” भवनमा प्रवेश गर्ने गेट स्थानीय तेज घलेले रु एक लाख पाँच हजारमा निर्माण गरेका हुन् । त्यस्तै हाल बेलायत बस्दै आउनुभएका प्रेम घलेबाट सामुदायिक भवनमा प्रयोग गर्ने गरी ९७ हजार बराबरको एक थान जेनेरेटर सहयोग प्राप्त भएको स्थानीयको भनाइ छ । यस भवन निर्माण गर्न लागेकोे रकममध्ये २० लाख रुपैयाँ गाउँपालिकाले, यहाँ रहेको सुपर न्यादी जलविद्युत आयोजनाले दुई लाख ५० रुपैयाँ सहयोग र बाँकी रकम चन्दा सङ्कलन तथा जनश्रमदान गरेर सामुदायिक भवन निर्माण गरेको स्थानीय उनको भनाइ छ ।

त्यस्तै आमा बुबाको स्मृतिमो चौतारो निर्माण गरिएको छ । बेँसीशहर नगरपालिका–६ पुमा गाउँका गिरिराज गुरुङले आफ्नै आमाबुबाको स्मृतिमा गाउँमा चौतारो निमार्ण गरेका छन् । हाल काठमाडौँमा बस्दै आउनुभएका गुरुङ र उनको परिवारको सहयोगमा दिवंगत आमा मनकाशी गुरुङ र बुबा बुद्धिप्रसाद गुरुङको स्मृतिमा चौतारो निमार्ण गरेका हुन् । शिक्षण, पर्यटन व्यवसाय र समाज सेवामा क्रियाशिल रहनुभएका गुरुङले चौतारो निमार्णका लागि डेढलाख बढी लगानी लगानीमा चौतारा निर्माण सम्पन्न गरेको स्थानीय वीरेन्द्र गुरुङले जानकारी दिए। रासस



प्रतिक्रिया दिनुहोस्