काठमाडौं, ७ माघ । ५४ औं वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंकले आज किसान क्रेडिट कार्ड र किसान एप लन्च गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्ड र एप लन्च गरेका हुन् ।
गएको आवको बजेटले व्यवस्था गरेअनुरुप किसानको लागि किसान क्रेडिट कार्ड लन्च गरेकोे बैंकले जनाएको छ । क्रेडिट कार्ड एटीएम जस्तै र भिसा कार्ड जस्तै आकारमा भएपनि क्युआर कोडमा आधारित हुने भएको छ ।