Logo

सुर्खेतको यातायात कार्यालयले उठायो ६ महिनामा साढे ९ करोड राजस्व



सुर्खेत, माघ ८ । यातायात व्यवस्था कार्यालय सुर्खेतमा राजस्व संकलन बढेको छ । कोरोना महामारीको सन्त्रास कम भएपछि कर बुझाउने सेवाग्राही बढेसँगै सवारी साधनको संख्या वृद्धिले यातायातको राजस्व बढेको हो ।

कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो ६ महिना ९साउनदेखि पुस मसान्तसम्म० ९ करोड ५२ लाख ९ हजार रुपैयाँ राजस्व संकलन भएको बताएको छ । यो अघिल्लो आर्थिक वर्ष ०७६÷७७ को सोही अवधिको तुलनामा ४९ दशमलव ३ प्रतिशत बढी हो ।

उक्त आवको सोही अवधिमा कार्यालयले ६ करोड ३७ लाख ६६ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका लेखा अधिकृत रामप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार चालू आव ०७७÷७८ मा सबैभन्दा बढी कर सवारी साधनबाट ७ करोड ६९ लाख २३ हजार ८ सय रुपैयाँ असुली भएको छ ।

त्यस्तै, सवारी चालक अनुमतिपत्र सवारी दर्तातर्फ १ करोड ४७ लाख ७६ हजार ४ सय रुपैयाँ संकलन भएको छ भने यातायात क्षेत्रको आम्दानीतर्फ २५ लाख ८ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको दाहालले बताए । उनका अनुसार कार्यालयले गत वर्ष कुल १० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

कार्यालय प्रमुख आनन्द चपाईले गत वर्ष कोरोना महामारीका कारण सवारी कर तिर्न नसकेका सेवाग्राहीले चालू आवमा सुर्खेतबाटै सहज रूपले कर बुझाएपछि राजस्व बढेको जानकारी दिए ।

यसअघि कर्णालीका धेरैजसो सेवाग्रहीले लुम्बिनी प्रदेशको बाँकेस्थित नेपालगञ्जबाट सेवा लिने गरे पनि गत आवदेखि सुर्खेतबाटै सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्