Logo

बाइडन शासनमा आएसँगै एशियाली शेयर बजार नयाँ उचाईमा, भारतीय शेयर बजारले पार गर्याे ५० हजारको बिन्दु



एजेन्सी, ८ माघ । बिहीबार एशियाली शेयर बजार रेकर्ड स्तरमा पुगेको छ । अमेरिकी राष्ट्रपतिका रुपमा बुधबार बाइडनले शपथ लिएसँगै लगानीकर्ताहरु कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई उकास्नका लागि अधिक आर्थिक प्रोत्साहनका लागि आशावादी हुदाँ एशियाली शेयर बजार नयाँ उचाईमा पुगेको हो ।

यसदिन जापान बाहिरको एशिया–प्यासिफिक शेयर सूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । उक्त सूचक यसदिन ०.८५ प्रतिशतले बढेको छ ।

यसैगरी चीनियाँ ब्लू–चिप्स शेयर १.२ प्रतिशतले बढेको छ, जबकि अस्ट्रेलियाको शेयरमा ०.६९ प्रतिशतको बढोत्तरी देखिएको छ ।

जापानको निक्केई सूचक यसदिन ०.७२ प्रतिशतले बढेको छ ।

भारतीय शेयर बजार परिसूचक ५० हजार बिन्दु माथि

भारतीय शेयर बजार परिसूचक सेन्सेक्सले पहिलो पटक ५० हजारको बिन्दु पार गरेको छ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा जो बाइडन शासनमा आएसगै यसको असर भारतीय शेयर बजारमा पनि देखिएको हो ।

बिहीबार सेन्सेक्स सूचक २५८ अंकको बढोत्तरीका साथ ५० हजार ५०.२७ बिन्दुमा कारोबार गरिरहेको छ ।
यसैगरी निफ्टी सूचक पनि ७४.६५ अंकको बढोत्तरीका साथ १४ हजार ७१९.३५ बिन्दुमा कारोबार गरिरहेको छ ।

योसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण १९८.८१ लाख करोड रुपए नाघेको छ ।-मेरोलगानी



प्रतिक्रिया दिनुहोस्