Logo

आफ्नै छोरीमाथि बावुले गरे बलात्कार



रुपन्देही, ८ माघ । आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुटबल मजुवा बस्ने ३३ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई गत बिहीबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्