Logo

किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ



बारा, ८ माघ । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । किर्ते मुद्दाका फरार अभियुक्त कलैया उपमहानगरपालिका–३ बस्ने बिन्दा प्रसाद महतो नुनियालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

बारा अदालतको २०६९ पुस २६ गतेको फैसलाले उक्त मुद्धामा १ वर्ष कैद र १ लाख ९ हजार ९ सय २८ रुपैयाँ जरिवाना हुने ठहर भएका नुनियालाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएको छ ।

उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्